त्रिभुवन विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा लाग्यो आगो

नेपालभ्युज

त्रिभुवन विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा लाग्यो आगो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चीन जान लागेका एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । प्रतीक्षालयमा बसिरहेकी एक चिनियाँ यात्रुको ह्याण्डब्यागमा आज लागो लागेको हो ।

उनी जान लागेको विमान उडान हुनै लागेको थियो । उनी एयर चाइनाको जहाजबाट चीन जान लागेकी थिइन् । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा प्रतिक्षालयमा बसिरहेकी उनको पावर बैंक सर्ट भएर आगो लागेको विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए ।

यात्रुको ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइएको प्रवक्ता साहले बताए । उनले पिठ्युँमा झोला बोकेकी थिइन् । त्ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेको बेला आगो लागेको हो । पावरब्यांक सर्ट भएको हो ।

यात्रु पूर्ण रुपमा सुरक्षित रहेको विमानस्थलले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved