साउदी प्रो लिग : २२ औं खेलमा पनि अल हिलालको अपराजित यात्रा कायमै

नेपालभ्युज

साउदी प्रो लिग : २२ औं खेलमा पनि अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं । साउदी प्रो लिगमा अल नासरलाई ३-० ले पराजित गर्दै अल हिलालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा  शुक्रबार राति भएको खेलमा जितसँगै अल हिलाल २२ खेलमा अपराजित भएको हो ।

२२ खेलमा १९ जितमा जित निकाल्दा बाँकी ३ खेलमा बराबरी नतिजा निकालेको छ ।

गएको अगस्टमा अरब क्लब च्याम्पियन्स कपमा अल नासरसँगै २–१ ले पराजित भएयता अल हिलालले हार बेहोरेको छैन ।

पहिलो हाफमा दुवै टिम गोलरहित बराबरीमा रहे । दोस्रो हाफमा अल हिलालका लागि एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे ।

पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लिगमा तेस्रो हार ब्यहोरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved