नेपाल सुपर लिगमा चितवनको पहिलो जित

नेपालभ्युज

नेपाल सुपर लिगमा चितवनको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिगमा चितवन एफसी पहिलो जित हासिल गर्न सफल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो ।

२८औं मिनेटमा विमल घर्ती मगरको गोलबाट चितवनले अग्रता लिएको थियो । ५५औं मिनेटमा वीरगञ्जका लागि एकिन्स बाफोरले बराबरी गोल फर्काएसँगै खेल रोमाञ्चक मोडमा पुग्यो ।

६८ औं मिनेटमा मध्यभागतिर विमलले दिएको पासलाई एक्लै अगाडि बढाएका तोरिक जब्रिनले वीरगञ्जका चार जना डिफेडरलाई छल्दै गोल गरेपछि चितवन विजयी भयो ।

चितवन पहिलो खेलमा पोखरासँग १–० ले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेलेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved