शासकीय स्वरुपप्रति रवि लामिछानेको असन्तुष्टि

नेपालभ्युज

शासकीय स्वरुपप्रति रवि लामिछानेको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेको शासकीय स्वरुपप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको शासकीय स्वरुपप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले शासकीय स्वरुपमा भएका कमी कमजोरीलाई निर्वाचनबाट मात्रै परिवर्तन गर्न सकिने पनि बताए ।

‘नीति विचारका बारेमा हामीले दस्तावेजीकरणको काम गरेका थियौँ । त्यसलाई पास गरेका छौँ । हामी अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ’, उनले भने, ‘यद्यपि, शासकीय स्वरुपमा केही कमी कमजोरी छन् । यो परिवर्तन गर्ने उपाय भनेको निर्वाचन मात्रै हो । हामी वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका हौँ । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’

सभापति लामिछानेले मधेसलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढिरहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved