सञ्चार मन्त्रालयका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ : मन्त्री शर्मा

नेपालभ्युज

सञ्चार मन्त्रालयका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘गीतसंगीत र रेडियो नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू मातहतका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले रेडियो नेपालसहितका सञ्चार मन्त्रालय मातहतका निकायमा सम्पती भएपनि त्यसको सदुपयोग गर्न नसकिएको बताइन् ।

उनले रेडियो नेपालमा देखिएको समस्या तत्काल समाधान गर्न त्यसका व्यवस्थापनलाई निर्देशन दिइन् । मन्त्री शर्माले पुराना स्रष्टा र सर्जकहरुलाई सम्मान गर्ने कुरामा सरकारले कञ्जुस्याँई गर्न नहुने पनि पटकपटक दोहो¥याइन् ।

मन्त्री शर्माले रेडियो नेपालसहितका निकायहरुलाई प्रभावकारी बनाउन कानुन बाधक भए सो समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको पनि बताइन् । त्यस अवसरमा उनले पुराना स्रष्टा र सर्जकहरुलाई रोयल्टी दिने कुरामा सरकार गम्भिर रहेको समेत बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved