झापा एफसीविरुद्ध इलामको संघर्षपूर्ण जित

नेपालभ्युज

झापा एफसीविरुद्ध इलामको संघर्षपूर्ण जित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलाम एफसीले झापा एफसीलाई १-० ल पराजित गर्दै पहिलो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा इलामका लागि विदेशी खेलाडी अमाथले ८७ औं मिनेटमा गोल गरेसँगै इलामले पहिलो जित दर्ता गरेको हो ।

योसँगै दोस्रो संस्करणमा थपिएका तीनवटै नयाँ टोली पहिलो खेलमा पराजित भएका छन् । यसअघि पहिलो खेलमा इलाम काठमाडौं रेजर्ससँग पराजित भएको थियो भने अर्को नयाँ टोली वीरगंज युनाइटेड आफ्नो पहिलो खेलमा धनगढी एफसीसँग पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved