प्रसाईंको प्रदर्शनमा सहभागी विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

नेपालभ्युज

प्रसाईंको प्रदर्शनमा सहभागी विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । सोमबार गौशालामा भएको प्रदर्शनमा सहभागी श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गेरुवस्त्रमा त्रिशूलसहित उपस्थित भएको श्रीनिवासले उग्र अभिव्यक्ति दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्रीनिवासले असोज १२ गते जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यसबेला पनि उनी पक्राउ परेका थिए ।

श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्नसमेत लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved