त्रिविको दीक्षान्त समारोह पुस २ गते दशरथ रङ्गशालामा

कस्तो पहिरनमा जानु पर्ने ?

नेपालभ्युज

त्रिविको दीक्षान्त समारोह पुस २ गते दशरथ रङ्गशालामा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह आगामी पुस २ गते हुने भएको छ । त्रिविले आज एक सूचना जारी गर्दै यस वर्षको दीक्षान्त समारोह पुस २ गते दशरथ रङ्गशालामा हुने जनाएको हो ।

त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई पुस २ गते बिहान ८ बजेदेखि १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ । दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि त्रिविले यसअघि नै अनलाइन फाराम भराइसकेको छ ।

समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन-स्कार्फ-टोपीमा आउन आग्रह गरेको छ ।

छात्रहरूले स्वेच्छाअनुसार कोट, पाइन्ट, टाइमा र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन-स्कार्फ-टोपी लगाउनुपर्नेछ ।

छात्राहरूले भने स्वेच्छा अनुसार औपचारिक पोशाक वा साडी, ब्लाउजमा त्रिवीले उपलब्ध गराएको गाउन-स्कार्फ-टोपी लगाउनुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved