एकै पटक ७१ जना सहसचिवको सरुवा

नेपालभ्युज

एकै पटक ७१ जना सहसचिवको सरुवा

काठमाडौं । सरकारले एकैपटक ७१ जना सहसचिवहरूको सरुवा गरेको छ ।

गत ७ मंसिरमा बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार ठूलो संख्यामा सह–सचिवहरुको सरुवा भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह, रक्षा,अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, श्रम रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था तथा सहकारी, शहरी विकास लगायतका मन्त्रालयमा नयाँ सहसचिव ल्याइएको छ ।

संघीय मामिला मन्त्रालयले प्रदेशमा बढी समय बिताएकालाई संघमा ल्याउन र संघमा धेरै सयम काम गरेकालाई प्रदेशमा पठाउनुपर्ने अडान लिँदा निर्णय गर्न ढिलाइ भएको थियो ।

प्रशासन समूहका ५० जना, इञ्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवाका एक जना सहसचिवको सरुवा भएको छ ।

धेरै सहसचिवहरु गृह, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved