अल नासरको जितमा रोनाल्डोको दुई गोल

नेपालभ्युज

अल नासरको जितमा रोनाल्डोको दुई गोल

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउदमाथि शानदार जित हासिल गरेको छ  । गएराति सम्पन्न खेलमा अल नासरले अल अखडोउदलाई ३- ० गोल अन्तरले पराजित गरेको हो  ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । रोनाल्डोले खेलको ७७ र ८०औं मिनेटमा गोल गरेका थिए  ।  त्यस्तै अर्को गोल खेलको १३औं मिनेटमा सामी अल नाजेइले गरेका थिए  ।

यो जितपछि अल नासरको १४ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ  ।  साउदी प्रो लिगमा अल हिलल १३ खेलमा ३५ अंकसहित शिर्ष स्थानमा रहेको छ  ।

त्यसैगरी अल अखडोउदको भने १४ खेलमा १० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved