सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान

नेपालभ्युज

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान

काठमाडौं । संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको छ । शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकालविरूद्ध उजुरी दिन संसदीय सुनुवाइले आह्वान गरेको हो ।

“सर्वोच्च अदालतका न्यायाधीशहरूको पदमा देहायअनुसारका व्यक्तिहरूको नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दस) दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,” सुनुवाइ समितिले प्रकाशन गरेको सूचनामा भनिएको छ ।

सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्टरूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचनादाताको नाम गोप्य राखिने समितिले जनाएको छ । गत मंगलबार बसेको न्याय परिषद्को बैठकले ६ जना न्यायाधीश सिफारिस गरेको थियो ।

2023-11-25-12-09-34-gopa-mangsir-9-(1)_page-0001-1700876992.jpg


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved