निसास्सिएर तीन बालबालिकासहित चार जनाको मृत्यु

नेपालभ्युज

निसास्सिएर तीन बालबालिकासहित चार जनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । बर्दियामा घरभित्र बालेको आगोको धुवाँमा निसास्सिएर तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ४ तुलापुरमा रहेका दुई परिवारका चार जनाको निसास्सिएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाकाअनुसार भरत चन्दको घरभित्र आगो बालेका कारण उनका दुई वर्षीया छोरा कार्तिक चन्द र ७ वर्षीय कृष चन्दको मृत्यु भएको छ । यसैगरी भरत चन्दकी बहिनी ३२ वर्षीया राधा बुढा र उनकी ११ वर्षीया छोरी मनीषा बुढाको पनि निसास्सिएर ज्यान गएको छ । आगलागीबाट घाइते २८ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

घटना हुँदा घरधनी भरत चन्द भने बाँकेको कोहलपुरमा थिए । जाडो छल्नको लागि राति साढे १० बजेतिर उनीहरूले घरभित्र आगो बालेको र झ्यालढोका सबै बन्द हुँदा भित्र धुवाँ गुम्सिएका कारण बालबालिकासहित चार जनाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved