तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध मुद्दा चल्ने

नेपालभ्युज

तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध मुद्दा चल्ने

काठमाडौं। भाइरल म्यान दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन आएको आरोपमा काठमाडौँको तीनकुनेमा प्रहरीले पक्राउ गरेका अधिकांश व्यक्तिहरू रिहा भएका छन् ।

प्रदर्शन स्थलबाट शुक्रबार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुङ्गेलले बताए ।

पूर्व राजाका समर्थक ५ जनालाई चाहिँ प्रहरीले मुद्दा चलाउने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनमा खटिएका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जनाविरुद्ध मुद्दा चल्ने एसपी ढुङ्गेलले जानकारी दिए ।

खड्कासहित मुनेन्द्र राजभण्डारी, अनुपविक्रम शाही, सतिश न्यौपाने र  आवास खड्कालाई प्रहरीले मुद्दा लगाउने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved