यस्तो भिटामिनको कमीले देखिन्छ अनुहारमा सेतो दाग

नेपालभ्युज

यस्तो भिटामिनको कमीले देखिन्छ अनुहारमा सेतो दाग

एजेन्सी । कैयौं व्यक्तिहरुको अनुहारमा सेतो दाग देखिने गर्छ । यसबाट बच्नका लागि उनीहरु विभिन्न प्रकारका रासायनिक क्रिमहरुको प्रयोग गर्छन् । त्यस्तै विभिन्न घरेलु उपायहरु पनि अपनाउने गर्छन् तर पनि यस्ता दागहरु जाँदैनन् ।

यस्ता दाग आउनुको पछाडि अन्य कारणहरु लुकेका छन् । यस्ता दागहरु विशेषगरी शरीरमा केही भिटामिनहरुको कमीले गर्दा आउने गर्छन् । त्यसैले जानौं ती भिटामिनहरुको बारेमा जसको कमीले गर्दा अनुहारमा सेता दागहरु देखिने गर्छ ।

यदि तपाईंको शरीरमा भिटामिन सी को कमी छ भने तपाईंको अनुहारमा सेता दाग देखिन सक्छन् । भिटामिन सी ले शरीरमा इम्युनिटी बढाउने तथा छालामा चमक ल्याउने काम गर्छ । त्यसैले भिटामिन सी पाउन भरपूर फल तथा खानेकुरा सेवन गर्नुहोस् ।

भिटामिन ई को कमीले पनि अनुहारमा सेतो दाग आउँछ । यो भिटामिनले तपाईंको छालालाई हाइडे«ट राख्ने तथा छालामा चमक दिने काम गर्छ । जसको कमीले अनुहारमा सेतो दाग देखिन थाल्छ ।

भिटामिन बी को ग्रु भित्र अन्य कैयौं भिटामिन आउँछन् । जसमा भिटामिन बी १, बी २, बी ६, बी १२ आदि पर्दछन् । जब तपाईंको शरीरमा भिटामिन बी ६ को कमी हुन्छ अनुहारमा सेतो दाग देखिन थाल्छ ।

त्यस्तै छालालाई स्वस्थ तथा सुन्दर बनाउनका लागि भिटामिन बी १२ को पनि एकदमै धेरै आवश्यकता पर्दछ । यसको कमीले पनि छालामा सेतो दाग, बुढ्यौलीपन आदि देखिन थाल्छ । त्यसैले यसको कमी पूरा गर्नका लागि तपाईं दूध तथा दूधबाट बनेका चिज, माछा, अन्डा आदि खान सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved