इजरायल-हमासको चारदिने युद्धविराम कार्यान्वयनमा, हमासले १३ बन्धक छाड्दै

नेपालभ्युज

इजरायल-हमासको चारदिने युद्धविराम कार्यान्वयनमा, हमासले १३ बन्धक छाड्दै
तस्वीर : द गार्जेन सीबीएस न्यूज

काठमाडौं। इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमासबीचको सहमतिअनुरुप चारदिने युद्धविराम कार्यान्वयनमा आएको छ।

शुक्रबारदेखि सुरु भएको सो युद्धविरामको सहमतिअनुरुप १३ इजरायली बन्धकलाई आज रिहा गरिनेछ। अन्य ५० जनालाई भने अगामी चार दिनमा स्वतन्त्र गरिनेछ।

बीबीसीले कतारको पहलमा भएको सो सहमतिअनुसार इजरायलले १५० प्यालेस्टिनी कैदीलाई छोड्ने उल्लेख गरेको छ। थप एकदिन युद्धविराम भएमा अन्य १० बन्धकलाई छोड्ने सम्भावना पनि छ।

सहमति कार्यान्वयनमा आएसँगै राहत सामग्रीसहित इन्धन, खाना र चिकित्सा सामग्री बोकेका ट्रक इजिप्टसँग जोडिएको सिमानाबाट गाजामा प्रवेश गरेका छन्। हरेक दिन  राहत बोकेका २०० ट्रक गाजा प्रवेश गर्नेछन्।

कुल १ लाख ३० हजार लिटर डिजल दैनिक रुपमा पठाउने कायरोले जनाएको छ। साथै अस्थायी शिविरमा बसेका मानिस आफ्नो घरतर्फ गइरहेका छन्।

बेलायतका विदेश सचिव डेभिड क्यामरुनले प्यालेस्टिनी नेतासँग आज भेटवार्ता गर्नेछन्। गाजामा सहयोग भित्र्याउन बेलायतले पहल गर्नेछ।

अक्टोबर ८ मा हमासले इजरायलमा आक्रमण गर्दा १२०० मानिसको मृत्यु भएको थियो। यस्तै हमासले २४० जनालाई बन्धक बनाएको थियो। गाजामा इजरायली आक्रमणमा १४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved