दुर्गा प्रसाईंको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित

नेपालभ्युज

दुर्गा प्रसाईंको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित

काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले जनाएका छन् ।

‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौ’ उनले भने । उनका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ ।

हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईँले भनेका छन्, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरिछाड्ने छौँ।’

उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरू बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए ।

दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियान र एमालेनिकट युवा–विद्यार्थी विशेषको शक्ति प्रदर्शनले चिसिँदो काठमाडौं उपत्यकाको माहौल तताएको छ ।

लामो समययता प्रचारित दुवै पक्षको  र्‍याली र प्रदर्शन हेर्न लायक बन्यो, भलै प्रचार गरेअनुसार मान्छेको उपस्थिति नभए पनि ।  युवा संघको कार्यक्रम सकिएको छ । प्रसाईं समूहको कार्यक्रम भने जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved