शान्तिपूर्ण प्रदर्शन गर्न मानव अधिकार आयोगको आग्रह

नेपालभ्युज

शान्तिपूर्ण प्रदर्शन गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले संविधान, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुन सम्बद्ध पक्षलाई गरेको आग्रह गरेको छ ।

आयोगले आउँदा दिनमा आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेको हो ।

नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट आज बिहीवार काठमाण्डौमा आयोजित प्रदर्शनको दिनभर अनुगमन गरेपछि आयोगले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेको हो ।

अनुगमनका क्रममा तीनकुनेमा आयोजित युवा सङ्घ नेपालको प्रदर्शन शान्तिपूर्णरूपमा सम्पन्न भएको पाइएको तथा बल्खुमा भएको प्रदर्शनमा युवा सङ्घ र अभियान समूहबीच झडप भएको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको र त्यस क्रममा केही व्यक्ति घाइते भएका तथा मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved