नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएपछि…

नेपालभ्युज

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएपछि…

काठमाडौैं । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एक शिक्षकमाथि मुद्दा दायर गरिएको छ ।

रुपन्देहीको मुक्तिधाम आधारभूत विद्यालयकी शिक्षक डिलमाया कुमारी कडेलले राहत कोटाको शिक्षक दरबन्दीमा नियुक्ति पाउन नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतबाट जारी भएको हाई स्कूल परीक्षा तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।

उनीमाथि शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐनको दफा १६ को उपदफा (१) वमोजिमको सजाय हुन मागदावीसमेत गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved