पूर्वराजालाई महेश बस्नेतको चेतावनी- प्रसाईंहरू उचालेर हिरो बन्न नखोज्नुस्, निर्मलनिवासबाट पनि लखेट्नुपर्ला

नेपालभ्युज

पूर्वराजालाई महेश बस्नेतको चेतावनी- प्रसाईंहरू उचालेर हिरो बन्न नखोज्नुस्, निर्मलनिवासबाट पनि लखेट्नुपर्ला

काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवम् युवा ईन्चार्ज महेश बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट पनि लखेट्ने चेतावनी दिएका छन् ।

युवा संघले बिहीबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनमा बोल्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन् । उनले प्रसाईंहरु उचलेर शासनसत्तामा फर्कने सपना नदेख्न पनि चुनौती दिएका छन् ।

‘हामीले अहिले निर्मलनिवासमा ठाउँ दिएका छौं’, पूर्वराजालाई लक्षित गर्दै उनले भने, ‘त्यहाँ बसेर जुँगा मुसार्दै उल्बलाउने प्रयास गर्नुभयो भने त्यहाँबाट लखेट्नुपर्ला !’

प्रदर्शनका लागि युवा संघसँगै एमालेका विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता तीनकुने पुगेका छन् ।

बल्खुमा भने युवा संघ र दुर्गा प्रसाईं समूहबीच झडप भएको छ ।

दुई पक्षबीच झडपको सम्भावना बढेपछि काठमाडौं प्रशासनले प्रसाईं समूहलाई बल्खु र युवा संघलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved