दुर्गा प्रसाईं र युवा संघको आन्दोलन : प्रदर्शनकारी भेला हुने भनिएका चोक सुनसान, सुरक्षाकर्मीको उपस्थिति बाक्लो

दुई पक्षबीच झडप हुनसक्ने भन्दै ज्यादा हल्ला भएको प्रदर्शनका लागि आन्दोलनकारी जम्मा हुने भनिएको समय धर्किन लागिसक्यो । तर, निर्धारित स्थानहरुमा प्रदर्शनकारीको खासै उपस्थिति देखिएको छैन ।

नेपालभ्युज

दुर्गा प्रसाईं र युवा संघको आन्दोलन : प्रदर्शनकारी भेला हुने भनिएका चोक सुनसान, सुरक्षाकर्मीको उपस्थिति बाक्लो

काठमाडौं । आज काठमाडौंमा बहुचर्चित दुई प्रदर्शन हुँदैछन् । एक, नेकपा एमालेनिकट युवा संघको प्रदर्शन । दुई, गणतन्त्रविरोधी व्यवसायी दुर्गा प्रसाईंको प्रर्दशन ।

काठमाडौं जिल्ला प्रशासनले युवा संघलाई तिनकुने चौर र दुर्गा प्रसाईं समूहलाई बल्खुमा प्रदर्शन गर्न अनुमति दिएको छ । दुई पक्षबीच झडप हुनसक्ने भन्दै ज्यादा हल्ला भएको प्रदर्शनका लागि आन्दोलनकारी जम्मा हुने भनिएको समय धर्किन लागिसक्यो । तर, निर्धारित स्थानहरुमा प्रदर्शनकारीको खासै उपस्थिति देखिएको छैन ।

प्रसाईं समूहले काठमाडौंका विभिन्न सात स्थानमा भेला भएर प्रदर्शनस्थल बल्खु जाने तालिका बनाएको छ भने युवासंघले पनि विभिन्न ठाउँमा भेला भएर तिनकुने जाने जनाएको छ । तर सडकमा दुवै पक्षका कार्यकर्ता देखिएका छन् ।

सडकमा सुरक्षाकर्मीको भने बाक्लो उपस्थिति देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved