जाडोमा हातखुट्टा सुन्निने समस्याको घरेलु उपचार

नेपालभ्युज

जाडोमा हातखुट्टा सुन्निने समस्याको घरेलु उपचार

एजेन्सी । जाडो सुरु भएसँगै धेरै मानिसमा हात खुट्टाका औंला सुन्निने समस्या देखिन थाल्छ । तपाईंका औंला पनि सुन्निएर रातो हुन थालेका छन् भने केही घरेलु उपाय अपनाएर यो समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

जाडोमा शरीरमा रक्तसञ्चार ढिला हुन थाल्छ । यही कारणले गर्दा ब्रेन स्ट्रोक तथा हृदयघात जस्ता समस्या पनि बढ्छन् । शरीरमा रगतको फ्लो ढिला हुने भएकाले हात तथा खुट्टा पनि सुन्निन थाल्छन् ।

तोरीको तेल

तोरीको तेलको प्रयोगले जाडोमा सुन्निएको समस्याबाट छुट्कारा पाउन सकिन्छ । तोरीको तेल भित्रैदेखि गर्मी हुन्छ । तपाईं तोरीको तेललाई तताएर यसमा ढिकेनुन मिसाएर सुन्निएको ठाउँमा लगाउन सक्नुहुन्छ । यसले हातखुट्टा सुन्निएको समस्या कम हुन्छ ।

बेसार

त्यस्तै बेसार पनि यो समस्याबाट छुट्कारा पाउने अर्को उपाय हो । बेसारमा औषधिय गुण भरपूर मात्रामा पाइन्छ । यसमा एन्टीसेप्टिक र एन्टीइन्फ्लामेटरी गुण हुन्छ जसले हातखुट्टा सुन्निन दिँदैन ।

यस्तोमा तपाईं बेसार दुध पिउन सक्नुहुन्छ वा बेसारको लेप बनाएर सुन्निएको भागमा लगाउन सक्नुहुन्छ ।

नुनपानी

सुन्निएको समस्याबाट बचावका लागि तपाईं नुन र तातो पानीको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि दिनमा दुईपटक तातो पानीमा नुन मिसाएर हाटखुट्टा डुबाउनुहोस् । यसले सुन्निएको तथा दुखाईबाट छिटै राहत पाइन्छ ।

प्याज

प्याजले शरीरमा रक्तसञ्चार राम्रो बनाउँछ । यसका लागि प्याजको रसलाई सुन्निएको ठाउँमा लगाउनुहोस् । यसले सुन्निएको कम गर्नुका साथै चिलाएको समस्या पनि निको हुन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved