गाजाका स्वास्थ्य संस्था इजरायलको निशानामा, इन्डोनेसियाली अस्पतालमा भएको आक्रमणमा १२ जनाको मृत्यु

नेपालभ्युज

गाजाका स्वास्थ्य संस्था इजरायलको निशानामा, इन्डोनेसियाली अस्पतालमा भएको आक्रमणमा १२ जनाको मृत्यु

काठमाडौं ।  इजरायलले गाजाका अस्पतालहरुमा आक्रमण तिव्र बनाएको छ । गाजाको सबैभन्दा ठूलो अस्पताल अल सिफापछि इजरायली सेनाले इन्डोनेसियाली अस्पतालमा आक्रमण गरेको छ ।

यो अस्पतालमा गरिएको आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ । इजरायली ट्याङ्कहरु अस्पताल वरिपरि केन्द्रित भएका छन् ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालभित्र मेडिकल टोली र घाइतेसहित करिब ७०० व्यक्ति छन्।

मन्त्रालयले इजरायलले इन्डोनेसियाली अस्पताललाई पूर्ण रूपमा सेवाबाट बाहिर राख्नू खोजिरहेको बताएको छ। इजरायली सेनाले यस घटनाबारे टिप्पणी गरेको छैन तर गाजामा आफ्नो कारबाही जारी राखेको छ।

दक्षिणमा राफाह नजिकैको अस्पताल नजिक पनि मृत्यु भएको रिपोर्ट आएको छ । प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार रफाहको अबु युसेफ अल-नज्जर अस्पताल नजिकैको घरमा बम विष्फोट हुँदा बालबालिका र महिलासहित १५ जनाको मृत्यु भएको छ। त्यहाँ दर्जनौं घाइते भएको पनि बताइएको छ ।

यसअघि अल सिफा अस्पतालमा आक्रमण गरेर इजरायलले पूर्ण रुपमा कब्जामा लिएको थियो । उसले हमासले अस्पतालहरुलाई सेल्टर बनाएको दाबी गरिरहेको छ ।

इजरायली सेनाले यसअघि जारी गरेको भिडिओ फूटेजमा अल सिफा अस्पतालमूनी लामो सुरुङ देखिएको थियो । तर, त्यसको स्वतन्त्र रुपमा पुष्टि हुन भने सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved