पोखरामा होटल बुक गर्न लगाएर हिँडेका प्रकाश त्रिशूली किनारमा मृत फेला !

नेपालभ्युज

पोखरामा होटल बुक गर्न लगाएर हिँडेका प्रकाश त्रिशूली किनारमा मृत फेला !

काठमाडौं । गायक, मोडल तथा पत्रकार प्रकाश ढकाल त्रिशूली किनारमा मृत भेटिएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका वडा ७, साखर घर भएका ढकाल धादिङको बेनीघाट रोराङस्थित कृष्णभीरमा मृत फेला परेका हुन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव घनश्याम रिजालका अनुसार प्रकाशले २ दिनअघि मात्रै पोखरा आउन लागेको बताएका थिए ।

उनी भन्छन्, ‘‘पोखरा आउन लागेको र होटल भन्दिन भनेका थिए । त्यसपछि सम्पर्कविहीन भएका थिए ।’’

उनको मृत्यु के कति कारणले भयो भन्ने खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज डिएसपी मदनबहादुर कुँवरले अनुसन्धान भइरहेको बताए ।
कतिपय कलाकारले रहस्यमय ढङ्गले ढकालको मृत्यु भएको भन्दै सत्य तथ्य छानबिनको माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved