माल्दिभ्सले भारतलाई भन्यो – ‘सैनिक फिर्ता लैजाऊ’

नेपालभ्युज

माल्दिभ्सले भारतलाई भन्यो – ‘सैनिक फिर्ता लैजाऊ’

काठमाडौं । माल्दिभ्सले भारतलाई आफ्नो देशभित्र रहेको भारतीय सैनिक फिर्ता लैजान औपचारिक रुपमा आग्रह गरेकोे छ ।

राष्ट्रपतिको शपथग्रहणलगत्तै राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई आफ्ना सैनिक फिर्ता लैजान भनेका हुन् ।

माल्दिभ्सको राष्ट्रपति कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा भारतका अर्थ साइन्समन्त्री किरेन रिजिजुसँगको भेटमा राष्ट्रपति मुइज्जूले भारतलाई आफ्नो सेना फिर्ता लैजान भनेको उल्लेख छ ।

भारतीय मन्त्री रिजिजु शुक्रबार भएको शपथग्रहण समारोहमा सहभागी हुन माले पुगेका थिए ।
मन्त्री रिजिजुले शनिबार राष्ट्रपति मुइज्जूसँग भेट गरेका थिए । माल्दिभ्स राष्ट्रपति कार्यालयले भेटमा भारतीय सैनिक फिर्ताको विषय भनेको जनाए पनि भारतीय पक्ष भने चुप बसेको छ ।

राष्ट्रपति मुइज्जूसँग मन्त्री रिजिजुले एक्समा लेख्दै आफूले प्रधानमन्त्री नरेन्द्र मोदीको अभिवादन दिएको र यथार्थको द्वीपक्षीय सम्बन्धलाई थप सशक्त बनाउन र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा जोड दिएको बताएका छन् । त्यसमा भारतीय सैनिकको विषयमा केही भनिएको छैन ।

राजधानी मालेका पूर्वमेयर मुइज्जूले गत महिना भएको राष्ट्रपति निर्वाचनमा माल्दिभ्समा रहेको भारतीय सैनिकको फिर्तीको विषयलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए । उनले ’इन्डिया आउट’ नारा दिँदै चुनाव जितेका हुन् । उनले तत्कालीन राष्ट्रपति इब्राहिम सोलिहलाई स्पष्ट अन्तरको साथ पराजित गरेका थिए । इब्राहिमको दिल्लीसँग निकट सम्बन्ध रहँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved