खातुनको हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

नेपालभ्युज

खातुनको हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजदलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।

उनिहरुमाथी कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई बालगंगास्थित चिहानमा गाडेको आरोप लागेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved