महिला टी–२० क्रिकेट : नेपाल हङकङसँग पराजित

नेपालभ्युज

महिला टी–२० क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं। अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ।

हङकङ क्रिकेट क्लबमा बिहीबार भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो।

५७ रनको झिनो लक्ष्य घरेलु टोलीले ९ ओभरमा १ विकेटको क्षतिमा पुरा गरेको हो। हङकङको लागि नताशा माइल्स ३० र शान्जिन शहजाद २० रनमा अविजित रहे।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल १८ ओभरमा ५६ रनमा अलआउट भयो। नेपालको लागि रुबिना क्षेत्रीले २५ रनको योगदान गरिन्। रोमा थापा ७ रनमा अविजित रहिन्। ६ खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। कप्तान इन्दु बर्मा, अस्मिना कर्मचार्य र काजल श्रेष्ठ भने डगआउट भए।

हङकङका लागि इक्रा सहरले ह्याट्रिक विकेट लिइन्। सहरले नेपालको तेस्रो ओभरमा लगातार ३ विकेट लिइन्। बुधबार भएको खेलमा नेपाल तान्जानियासँग पराजित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved