तिहार सुरु, यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदै

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रूपमा मान्ने गरिन्छ ।

नेपालभ्युज

तिहार सुरु, यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदै

काठमाडौं । हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।

आज यमपञ्चकको पहिलो दिन काग तिहार, कात्तिक २६ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, लक्ष्मीपूजा, कात्तिक २७ गते गाई तिहार औँसी, २८ गते गोवर्द्धन पूजा एवम् तिहारको अन्तिम दिन २९ गते कार्तिक शुक्ल द्वितीयाका दिन भाइटिका लगाई तिहार पर्व मनाइन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटिका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रूपमा मान्ने गरिन्छ ।

आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूतका रूपमा मानिन्छ ।

आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

तिहारको अन्तिम दिन २९ गते कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved