एनसेलका सातजना भाग्यशाली ग्राहकले पाए स्कुटर

नेपालभ्युज

एनसेलका सातजना भाग्यशाली ग्राहकले पाए स्कुटर

काठमाडौं । एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत बम्पर पुरस्कारस्वरूप सातजना विजयी ग्राहकले एउटा–एउटा स्कुटर जितेका छन् । एनसेल आजियाटा लिमिटेडले बिहीबार योजनाको अन्तिम स्कुटर वितरण गर्दै सबै सातजना ग्राहकलाई स्कुटर हस्तान्तरण गरेरको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बुधबार नयाँ बानेश्वर एनसेल सेन्टरबाट एउटा बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका थिए । बिहीबार कास्कीका अशेष पालिखेलाई एनसेल सेन्टर पोखरामा एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले बम्पर पुरस्कार हस्तान्तरण गरेकी थिइन् ।

अभिनेत्री केकी अधिकारी र प्रियंका कार्कीले मंगलबार र बुधबार विराटनगर, जनकपुर, धनगढी र भैरहवास्थित एनसेल सेन्टरमा बम्पर पुरस्कार विजेतालाई स्कुटर हस्तान्तरण गरेका थिए ।

यसबाहेक विराटनगर, जनकपुर, भैरहवा र हेटौँडाको बम्पर पुरस्कार हस्तान्तरण कार्यक्रममा एनसेलका प्रतिनिधिहरू लेना केशरी कंसाकार (एक्टिङ सीटीओ), विशाल नेगी (प्रोडक्टस डाइरेक्टर), विशाखा लक्ष्मी खड्का (कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर म्यानेजर), अनुषा प्रधानाङ (ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर) र राजेश मानन्धर (कोर प्रोडक्टस एन्ड डिभाइस म्यानेजर)को सहभागिता रहेको थियो ।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरूले सर्त अनुसार एनसेलको बारेमा नारा  पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५,००० भन्दा बढी नाराहरू प्राप्त गरेको थियो ।

“हाम्रो यस योजनामा ग्राहकहरूको सक्रिय सहभागिताबाट हामी एकदमै हौसिएका छौँ । यसले ग्राहकहरूले हाम्रा सेवाहरूलाई कसरी लिएका छन् भनेर स्पष्ट झल्काउँछ । हामी हाम्रा ग्राहकहरूलाई सधैँ प्राथमिकता राख्छौँ र उनीहरूको भावना बुझेर आवश्यक सुधार गर्दछौँ,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसीनले भने ।

यो योजना भदौ ३१ बाट सुरु भई २८ दिनसम्म चलेको थियो । साप्ताहिक बोनस ब्यालेन्स विजेता र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरूको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए ।

यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरूलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो । यस योजना अन्तर्गत दैनिकरूपमा ग्राहकलाई प्रदान गरिएको स्योर प्राइजहरूमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरू रहेका थिए ।

बम्पर पुरस्कार हस्तान्तरणकै अवसर पारी एनसेलले मंगलबार र बुधबार दिउँसो विराटनगर, धनगढी, जनकपुर र भैरहवास्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो । यस कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले धरान र जनकपुरको एनसेल सेन्टरमा र अभिनेत्री केकी अधिकारीले धागढी र भैरहवा एनसेल सेन्टरमा आएका ग्राहकहरूसँग अन्तरक्रिया गर्नुका साथै ती सेन्टरहरूबाट सोही दिन रु. १०० भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरूलाई एनसेलका विभिन्न उपहारहरू प्रदान गरेका थिए ।

बम्पर पुरस्कार विजेता ग्राहकका नाराहरू :

– हरेक ग्राहकको आवश्यकतासँग खान्छ मेल, अरू कुनै होइन, एक मात्र एनसेल

– एनसेलसँग खुसी साटौँ, एक आपस मिलेर बाँचौँ

– चाहे दिन होस् या रात एनसेल छ साथ आफन्तसँग गरम निर्धक्क बात

– डायल, स्माइल एन्ड रिपिट विथ एनसेल

– सम्बन्ध जोड्दै अघि बढ्दै

– जति भएनि नयाँ पुराना थरी–थरी

– एनसेल नै छ, नेपालीको मनभरी

– तिम्रो साथले दिलाउँछ, आफ्नो पनको आभाष…


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved