काठमाडौंमा १ बजेसम्म देउसी खेल्न नपाइने 

नेपालभ्युज

काठमाडौंमा १ बजेसम्म देउसी खेल्न नपाइने 

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र एक बजेसम्म देउसी खेल्न पाइने जनाएको छ । महानगर प्रमुख बालेन्द्र शाहले शुक्रबार एक स्ट्याटस मार्फत महानगरभित्र राति १ बजेसम्म देउसी खेल्न पाइने जानकारी गराएका हुन् ।

यसअघि सुरक्षाको कारण देखाउँदै राति ९ बजेसम्म मात्रै देउसी खेल्न दिने गरिएको थियो । तर, यसपटक भने अवेरसम्म खेल्न पाइने भएको हो ।

काठमाडौं महानगरका प्रमुख शाहले लेखेका छन् ‘ विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगर भित्र राती ९ बजेसम्म मात्र अनुमति दिइएको थियो । यो वर्ष काठमाडौं महानगरका नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौ, सोही अनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved