संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै मधेश सरकार, मन्त्रीहरू माइतीघरमा धर्ना बस्ने

नेपालभ्युज

संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै मधेश सरकार, मन्त्रीहरू माइतीघरमा धर्ना बस्ने

जनकपुरधाम । प्रहरी समायोजन, निजामती ऐन कार्यान्वयनलगायतको माग गर्दै मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दैछ ।

सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामती ऐनलगायतको विषयमा संघर्षमा उत्रिनेसम्मको निर्णय नै गरेको थियो ।

सोही अनुसार आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
बिहीबार मुख्यमन्त्री सरोजकुमार यादव आफ्नै नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दहाललाई पन्ध्र दिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।

प्रहरी समायोजनको काम अघि नबढे मुख्यमन्त्रीकै नेतृत्वमा काठमाडौंको माइतिघर मण्डलामा मन्त्रीहरू संघीय सरकार विरुद्ध धर्ना बस्ने सहितको कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved