जोर्नीको दुखाईमा रामवाण औषधि मरिचको तेल

नेपालभ्युज

जोर्नीको दुखाईमा रामवाण औषधि मरिचको तेल

एजेन्सी । प्रायः कालो मरिचको प्रयोग खानामा स्वाद बढाउनका लागि गरिन्छ । तर मरिच स्वास्थ्यसँग जोडिएका कयौं समस्याका लागि पनि फाइदाजनक हुन्छ ।

मरिचको तेलमा भिटामिन तथा मिनरल्स पाइन्छ, जसले कयौं प्रकारका समस्याबाट राहत दिन्छ । मरिचको तेलको प्रयोग घुँडा दुखेको समस्यामा प्रयोग गरिन्छ । यसमा पाइने तत्वले मांसपेशीको चोट तथा दुखाईबाट राहत दिन्छ ।

कालो मरिचको तेल प्रयोग गर्नाले रगतको सञ्चार तीव्र हुन्छ । यसले रक्तचाप पनि नियन्त्रण गर्छ । साथमा यसको तेल पाचन सम्बन्धी समस्याका लागि पनि सहयोगी हुन्छ । यसको प्रयोगले ग्यास, कब्जियत, एसिडिटी आदि समस्या निको हुन्छ ।

तनावको समस्यामा पनि मरिचको तेल एकदमै उपयोगी हुन्छ । मरिचको तेलको प्रयोगले शरीर डिटक्स हुनुका साथै तनावबाट राहत दिन्छ ।

यो तेलको सेवनले शरीरमा गुड कोलेस्ट्रोल बढाउने काम गर्छ । जसले खराब कोलेस्ट्रोल कम हुन्छ । यसले गर्दा रक्तचाप नियन्त्रित रहन्छ र शरीर सुन्निएको कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved