कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा लम्साल

नेपालभ्युज

कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा लम्साल

मकवानपुर । नेपली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले उक्त दलको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य गोविन्द लम्साललाई नियुक्त गरेका छन् ।

नवनियुक्त प्रमुख सचेतक लम्सालले प्रदेशसभाको सचिवालयमा सोमबार आफैँ उपस्थित  भई प्रमुख सचेतक पदमा नियुक्त भएको दलको जानकारी पत्र सचिवालयमा दर्ता गराएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

कांग्रेस संसदीय दलका नेता लामाले प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन लगत्तै गठन भएको प्रदेशसभामा कांग्रेसको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य कुन्दनराज काफ्लेलाई नियुक्त गरेका थिए ।

सचेतक काफ्लेले केही हप्ताअघि मात्र कांग्रेस संसदीय दलका नेता लामालाई राजीनामा पत्र बुझाउनुभएपछि सो प्रमुख सचेतक पद रिक्त भएको थियो । नवनियुक्त प्रमुख सचेतक लम्साललाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधान बमोजिम प्रमुख सचेतकमा नियुक्ति गरेको उक्त दलका नेता लामाले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved