हमासको आक्रमणमा मारिएका आनन्द साहको दाहसंस्कार

हमासको आक्रमणमा मारिएका आनन्द साहको दाहसंस्कार

जनकपुरधाम । इजरायलमा हमासको आक्रमणमा मारिएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शनिबार दाहसंस्कार गरिएको छ ।

गत असोज २१ गते इजरायलमा  मारिएका उनलाई  काकाको छोरा बेचन साहले दागवती दिएका थिए । जनकपुरधामस्थित एन्जल्स बोर्डिङ्ग स्कुलबाट एसईई उतीर्ण गरेका उनले पूर्ण छात्रवृतिमा बिएससी एग्रिकल्चर अध्ययन पूरा गरेका थिए ।

सुदुरपश्चिमको कृषि विश्वविद्यालयबाट ५० नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमै थप प्रशिक्षित बनाउनका लागि १० महिने प्रशिक्षणका लागि इजरायल पठाइएको थियो।

मृत्यु भएको २७ दिनपछि उनको शव शनिबार नै ल्याइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved