क्यानले टिकट बिक्रीबाट उठेको आधा रकम भूकम्पपीडितलाई सहयोग गर्ने

नेपालभ्युज

क्यानले टिकट बिक्रीबाट उठेको आधा रकम भूकम्पपीडितलाई सहयोग गर्ने

काठमाडौं ।  नेपाल क्रिकेट संघ ९क्यान०ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।

क्यानले आइसीसी विश्वकप टी–२० को एसिया छनोटअन्तर्गत आइतबार हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने भएको हो ।

क्यानले आज विज्ञप्ती जारी गर्दै आइतबार नेपाल र ओमानबीच  त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुने फाइलन खेलको टिकट बिक्रीबाट उठेको रकमको आधा रकम भूकम्पपिडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

क्यानले भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved