भारतका धनाढ्य अम्बानीलाई ज्यान मार्ने धम्की

नेपालभ्युज

भारतका धनाढ्य अम्बानीलाई ज्यान मार्ने धम्की

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्षसमेत रहेका अम्बानीलाई पैसा माग्दै ज्यान मार्ने धम्की आएको बीबीसीले उल्लेख गरेको छ ।

मुम्बई पुलिसकाअनुसार एक अन्जान व्यक्तिले इमेलमार्फत् मुकेश अम्बानीसँग बीस करोड भारू मागेका छन् । उक्त पैसा नदिए ज्यान मार्ने धम्की उनलाई दिएका हुन् । “तिमीले हामीलाई बीस करोड रूपैयाँ (भारू) नदिए हामी तिम्रो ज्यान लिनेछौँ । हामीसँग भारतका एकदमै राम्रा सुटर (गोली हान्ने व्यक्ति) छन्,” इमेलमा भनिएको छ ।

उक्त धम्की अक्टोबर २७ मा शादाब खान नामको व्यक्तिको इमेलबाट आएको बताइएको छ । मुम्बई पुलिसले गामदेवी थानामा आइपिसी धारा ३८७ र ५९६ (२) अन्तर्गत यो मामिला दर्ता गरेको छ ।

भारतकै धनाढ्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलोपटक होइन । गत वर्ष मुम्बई पुलिसले मुकेश अम्बानी र उनको परिवारलाई पनि धम्की दिने व्यक्तिलाई बिहारबाट पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved