मुगु सामूहिक हत्या प्रकरण : पोस्टमार्टमका लागि शव सदरमुकाम ल्याइयाे

नेपालभ्युज

मुगु सामूहिक हत्या प्रकरण : पोस्टमार्टमका लागि शव सदरमुकाम ल्याइयाे
प्रतिकात्मक तस्वीर

काठमाडौं। मुगुमा भएको एकै परिवारका चार जनाको हत्या घटनाको अनुसन्धानका लागि प्रहरी खटाइएको छ ।
शनिबार बिहानैदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटना बारे अनुसन्धान गरिरहेको छ। शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको जनाईएको छ।

छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँबाट शव गमगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

मन्दु गाउँ जिल्ला सदरमुकामदेखि २ घण्टा टाढा रहेको छ ।

उनका अनुसार मृतक श्रीदेवीका श्रीमान दीपक बोहोरा घर आइसकेपछि मुचुल्का गरेर शव पोस्टमार्टमका लागि सदरमुकाम गमगढी ल्याउन लागिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved