मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

जनकपुर । धनुषाको ढल्केवर स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरले दिएको जानकारी अनुसार मिथिला नगरपालिका(६, ढल्केवर स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका हुन् ।

शनिबार मध्याह्न १२ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ७९ प ४७५५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ज २ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बा ७९ प ४७५५ नम्बरको मोटरसाइकलका चालक मिथिला नगरपालिका(१, लक्ष्मिनिवास बस्ने २८ वर्षीय राकेश राउतको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका राउतको जनकपुरधाम स्थित काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका अजितकुमार यादवको टाउकोमा चोट लागेको छ । यसैगरी, ज २ प ८३०१ नम्बरको मोटरसाइकलमा सवार एक बालक सहित तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा मिथिला नगरपालिका(६, ढल्केवरका ३८ वर्षीय अभय श्रेष्ठ, उनकी श्रीमती ३२ वर्षीया मन्दिर श्रेष्ठ र १० वर्षीय छोरा आर्यन श्रेष्ठ रहेका छन् ।

घाइतेहरुको ढल्केवर स्थित भोगेन्द्र मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्करबाट दुवै मोटरसाइकलमा क्षति पुगेको छ । ती दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved