महाराष्ट्रमा प्रशिक्षण विमान दुर्घटना, दुई जना घाइते

नेपालभ्युज

महाराष्ट्रमा प्रशिक्षण विमान दुर्घटना, दुई जना घाइते

नयाँ दिल्ली । पश्चिमी भारतको महाराष्ट्र राज्यमा आइतबार प्रशिक्षण विमान दुर्घटना हुँदा एक जना प्रशिक्षार्थी चालक र एक प्रशिक्षक चालक घाइते भएका छन् ।

महाराष्ट्रको राजधानी मुम्बईबाट २४५ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको गोजुबावी गाउँ नजिकैको निजी उड्डयन एकेडेमीको प्रशिक्षण विमान दुर्घटना भएको हो ।

‘रेडबर्ड फ्लाइट ट्रेनिङ एकेडेमीसँग सम्बन्धित प्रशिक्षण विमान आज गोजुबावी गाउँ नजिकै दुर्घटनाग्रस्त भयो। दुर्घटनामा, एकजना प्रशिक्षार्थी चालक र अर्का प्रशिक्षक घाइते भए,’ प्रहरी अधिकारीले बताएका छन् ।

उनीहरू दुवैलाई नजिकैको अस्पतालमा लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।

बिहीबार पनि सोही तालिम एकेडेमीको अर्को प्रशिक्षण विमान पुणेको कटफल गाउँ नजिकै यस्तै प्रशिक्षणका क्रममा दुर्घटना भएको थियो । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved