इजरायलविरुद्ध काठमाडौंमा प्रदर्शन, पूर्वप्रधानमन्त्री भट्टराई पनि सहभागी

नेपालभ्युज

इजरायलविरुद्ध काठमाडौंमा प्रदर्शन, पूर्वप्रधानमन्त्री भट्टराई पनि सहभागी

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा गरेको सैन्य आक्रमणका विरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।

इजरायलले प्यालेस्टाइनमा गरिरहेको सैन्य कारबाहीमा सर्वसाधारणले ज्यान गुमाइरहेको विरोधमा बृहत् नागरिक आन्दोलनले काठमाडौँमा प्रदर्शन गरेको हो ।

इजरायली दूतावास कार्यालयअघि भएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी भएका छन् ।

प्रदर्शनमा सहभागीहरूले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved