एसीसी पुरुष यू–१९ प्रिमियर कप : साउदी अरबसँग नेपाल पहिले ब्याटिङमा

नेपालभ्युज

एसीसी पुरुष यू–१९ प्रिमियर कप : साउदी अरबसँग नेपाल पहिले ब्याटिङमा

काठमाडौं। एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा साउदी अरबसँग नेपालले पहिले ब्याटिङ गर्दैछ ।

मलेसियाको बाङगीमा साउदी अरबले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दैछ । नेपालले यसअघि बहराइन र इरानलाई हराएइको छ । आजको खेल जितेमा नेपाल सेमिफाइनलमा पुग्नेछ ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved