नेटा भी इलेक्ट्रिक गाडीहरू २० प्रतिशत डाउन पेमेन्टमा पाइने 

नेपालभ्युज

नेटा भी इलेक्ट्रिक गाडीहरू २० प्रतिशत डाउन पेमेन्टमा पाइने 

काठमाडौँ । सिजी मोटर्स प्रालिले नेपालमा बिक्री गर्दै आएका नेटा भी इलेक्ट्रिक गाडीहरू २० प्रतिशतको डाउन पेमेन्टमा सहज रुपमा कर्जामा उपलब्ध हुने भएको छ । गाडी किन्दा ग्राहकहरूलाई २० प्रतिशत डाउन पेमेन्ट छुट दिइने कम्पनीले जनाएको हो ।

कम्पनीले ग्राहकहरूलाई गाडी किन्दा आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा समेत उपलब्ध गराउने भएको छ । यसका लागि नेपालभरका प्रभु बैंक , कामना सेवा बैंक, एनएमबी बैंक, साथै नबिल बैंक बाट सहज कर्जा उपलब्ध हुनेछ ।

यो योजना सिजी मोटर्सका सम्पूर्ण आधिकारिक विक्रेताबाट नेपाल भरी  लागू हुने भएकोले उपरोक्त सुविधा देशभर सबै शोरुममाबाट ग्राहकहरूले लिन सक्नेछन् ।
नेटा भी क्रस ओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो ।

जसमा कम्पनीले ३८।५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ ।

करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८०  किलोमिटरसम्मको रन्जे दिने कम्पनीको दाबी छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५०,००० किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६।६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् ।

यसका साथै हाल नेटा भी मा डिक्की फुल अफर भनी ग्राहक लक्षित योजना पनि चलिरहेको छ । जसमा विभिन्न इलेकट्रोनिक उपकरणहरू उपहारको रूपमा ग्राहकहरूलाई दिइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved