लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

नेपालभ्युज

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो लेगमा नेपालले लाओसलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले लाओसलाई हराएको हो ।

मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १-० को जित निकाल्दै दोस्रो चरणको यात्रा तय गर्‍यो ।

पहिलो लेगमा १-१ को बराबरी खेलेको नेपाल समग्रमा २-१ को जितका साथ अघि बढ्यो ।

नेपालले अब दोस्रो चरण अन्तर्गत समूह एचमा युएइ, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved