हमासको बन्धक रहेकी मिया भन्छिन्- प्लिज, यहाँबाट चाँडो निकाल्नुहोस्, छोरीलाई घर फर्काउन आमाको अपिल

भिडिओमा मिआको कुहिनोमा लागेको चोटको एक स्वास्थ्यकर्मीले उपचार गरिरहेको देखिन्छ। तर ती स्वास्थ्यकर्मीको अनुहार भिडिओमा देखिँदैन।

नेपालभ्युज

हमासको बन्धक रहेकी मिया भन्छिन्- प्लिज, यहाँबाट चाँडो निकाल्नुहोस्, छोरीलाई घर फर्काउन आमाको अपिल

काठमाडौं। प्यालेस्टिनी अतिवादी समूहले बन्धक बनाएकी २१ वर्षीया छाेरी मिआ स्केमलाई घर फर्काउन उनकी आमाले आग्रह गरेकी छिन्।

इजरायलको तेलअभिवमा आयोजि पत्रकार सम्मेलनमा मिआकी आमा केरेन स्केमले आफ्नी छोरीलाई घर फिर्ता ल्याउन आग्रह गरेकी हुन्।

छोरीको फोटो बोक्दै आमा केरेनले भनिन्, ‘‘म विश्वलाई नै मेरो छोरीलाई घर ल्याउनको लागि आग्रह गरिरहेको छु। मिया रमाइलो गर्न गएकी थिइन्। अहिले उनीसहित थुप्रै मानिस हमासको बन्धक बनेका छन्। उनीहरूलाई फिर्ता गराउनुपर्छ।’’

बन्धक बनाउनु मानवताविरुद्धको अपराध भएको र यसलाई रोक्न र सबैलाई घर फर्काउन सबैले एकजुट भई अघि बढ्नु पर्ने आमा केरेनले बताइन्।

हमासले इजरायलको एक ‘म्युजिक फेस्टिभल’ मा हमला गरेपश्चात् बन्धक मिआको भिडिओ आज सार्वजनिक गरेको थियो। त्यसपछि उनकी आमाको यस्तो अपिल आएको हो।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार हमासले १९९ जनालाई कब्जामा लिएको छ। जसमध्ये एक युवतीको अवस्थाको बारेमा हमासले सार्वजनिक गरेको छ।

हमासले बन्धक बनाएका नागरिकमा नेपाली विद्यार्थी पनि !

भिडिओमा मिआको कुहिनोमा लागेको चोटको एक स्वास्थ्यकर्मीले उपचार गरिरहेको देखिन्छ। तर ती स्वास्थ्यकर्मीको अनुहार भिडिओमा देखिँदैन।

मिआ गत साता एक साङ्गीतिक कार्यक्रममा हमासले गरेको आक्रमणमा परेकी थिइन्। आक्रमणको दिनदेखि बेपत्ता भएकी उनलाई हमासले बन्धक बनाएर लगेको थियो ।

एक मिनेट लामो भिडिओमा उनले आफू गाजामा रहेको र घर फर्कन आतुर रहेको बताएकी छन्। उनले भनेकी छिन्, ‘‘म यति मात्र भन्छु कि जति हुन्छ छिटो म परिवार, आमाबुवा र भाइबहिनी भेट्न चाहन्छु। प्लिज, जति सकिन्छ चाँडो हामीलाई यहाँबाट निकाल्नुहोस्।’’

अघिल्लो शनिबार जमिन, आकाश र समुद्रबाट इजरायलमाथि अचानक आक्रमण गरेका हमासका लडाकुले झन्डै २ सय मानिसलाई बन्धक बनाएर लगेको अनुमान छ।

बंकरबाट ग्रिनेड फालेर साथीलाई बँचाएका विपिन नै बेपत्ता

https://www.youtube.com/watch?v=YawQL_0eV30

बन्धक गैर-इजरायली पाहुना बराबर

हमासको सैन्य विङले इजरायलबाट लगेर बन्धक बनाइएका गैरइजरायली नागरिक आफ्ना लागि पाहुनाजस्ता भएको बताएको छ। ती विदेशी नागरिकलाई परिस्थिति मिलेपछि रिहा गरिने पनि सैन्य विङले उल्लेख गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

हमासले बन्धन बनाएकामा एक जना नेपाली समेत छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल गएका कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको छ।

इजरायलका अस्पतालमा पनि भेटिएनन् विपिन, कता हराए ?

आक्रमणको दिनदेखि बेपत्ता रहेका विपिन इजरायलमा खोज्दा नभेटिएपछि सरकारले हमासले बन्धक बनाएको ठहर गर्दै  रिहाइका लागि पहल गरिरहेको जनाएको छ।

हमासले लगेका भनिएका विपिन जोशीलाई कहाँ राखिएको छ रु खोज्न के गर्दैछ सरकार ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved