केटीएम सिटीको दशैं अफर, बस र विमानको टिकट निशुल्क

नेपालभ्युज

केटीएम सिटीको दशैं अफर, बस र विमानको टिकट निशुल्क

काठमाडौं । बडादशैंको अवसरमा केटीएम सिटीले बजारमा विशेष अफर ल्याएको छ । दशैं अफरमा ग्राहकले सामान खरिद गर्दा बस तथा विमानको टिकट निशुल्क प्राप्त गर्न सक्नेछन् ।

बडादशैंको अवसरमा ग्राहकलाई रित्तो हात हुन नदिन ५ सय रुपैयाँसम्मको खरिदमा पठाओको प्रमोशन कोड, १ हजार सम्मको किनमेल गर्नेका लागि बफ र टोपी तथा २ हजारसम्मको किनेमेल गर्ने ग्राहकले रुमाल प्राप्त गर्न सक्ने केटीएम सिटीले जनाएको छ ।

त्यसैगरी अब ग्राहकले यो दशैं र तिहारमा ६ हजार मूल्यका सामान लिएर जुनसुकै सहर जान बसको टिकट प्राप्त गर्न सक्नेछन् । केटीएम सिटीको २० हजारसम्मको सामान किन्नेले झापा, बुटवल वा पोखराको उडान टिकट पनि पाउनेछन् । साथै केटीएम सिटीले ३० हजारभन्दा माथिका सामान खरिद गर्ने थोक ग्राहकले १५ प्रतिशत छुट पाउने बताएको छ ।

बडादशैं अफर नजिकैका पसल तथा अनलाइनबाट लिन सकिने कम्पनीले जनाएको छ । नेपाली अपेरियल ब्राण्ड केटीएम सिटीले दशैंलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि यो उपहार योजना बजारमा ल्याएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved