सरकारी कम्पनीले आजदेखि खसीबोका र च्याङ्ग्रा बेच्दै, बजार भाउभन्दा महँगो

नेपालभ्युज

सरकारी कम्पनीले आजदेखि खसीबोका र च्याङ्ग्रा बेच्दै, बजार भाउभन्दा महँगो

काठमाडौं। सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री गर्ने गरी खसीबोका र च्याङ्ग्राको मूल्य तोकेको हो ।

जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६ सय ८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकिलो मूल्य एक हजार २ सय ६० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यो मूल्यमा कम्पनीले प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ ।

तर सरकारी स्वामित्वको कम्पनीले छुट दिएको दाबी गरे पनि बजारमा व्यापारीहरुले बिक्री गरिरहेको मूल्यभन्दा किलोमै ३० रुपैयाँ महँगो परेको छ ।

अहिले काठमाण्डौको बजारमा खसीबोका किलोको ६ सय ४० रुपैयाँदेखि ६ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारीहरुले बताएका छन् ।

च्याङ्ग्रा भने अरु व्यापारीले बिक्री गरिरहेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तोकेको मूल्य सस्तो छ । व्यापारीहरुले च्याङ्ग्रा किलोको एक हजार तीन सय ५० रुपैयाँमा बिक्री गरिरहेका छन् ।

कम्पनीले यो वर्ष दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा खरिद गरी काठमाण्डौ ल्याएको छ । कम्पनीको थापाथलीमा रहेको कार्यालयबाट आज बिहानदेखि बिक्री शुरु भएको कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved