एलजी टिभी र होम अप्लाइन्सेसका ग्राहकहरुको सन्तुष्टिकाे शीर्ष स्थानमा

नेपालभ्युज

एलजी टिभी र होम अप्लाइन्सेसका ग्राहकहरुको सन्तुष्टिकाे शीर्ष स्थानमा

काठमाडौं ।  एलजी इलेक्ट्रोनिक्सले टिभी र प्रमुख होम अप्लाइन्सेसको लागि २०२३ अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स (एसीएसआई) सर्वेक्षणबाट उत्कृष्टताको मान्यता प्राप्त गरेको छ । ग्राहकको प्रतिक्रियामा आधारित उत्कृष्ट उत्पादनहरू प्रदान गरेर उपभोक्ताहरूको दैनिक जीवनलाई समृद्ध बनाउने एलजीको दृढ प्रतिबद्धतालाई एसीएसआई नतिजाहरूले जोड दिन्छ ।

एसीएसआई एक प्रख्यात र एक मात्र अमेरिकी संस्था हो जसले उद्योगहरूको ग्राहकको सन्तुष्टि मापन गर्दछ । दुई दशकभन्दा बढी विशेषज्ञता भएको उक्त संस्थाले विभिन्न प्रकारका उद्योगहरूको विस्तृत मूल्याङ्कन गर्दछ । याे इन्डेक्स सर्वेक्षणका निष्कर्ष अत्यन्त विश्वसनीय मानिन्छ जुन ५ लाख भन्दा बढी ग्राहकहरूको अन्तर्वार्ताबाट साभार गरिएको हो ।

एलजीले यस वर्षको एसीएसआई टिभी क्याटगोरीमा ८३ स्कोर रेकर्ड कायम गरी शीर्ष स्थान हासिल गर्न सफल रह्यो, जुन ४ प्रतिशत उल्लेखनीय वृद्धि हो । एलजी टिभीले उत्पादनको स्थायित्व, इन्टर्नल कन्फिगरेसन, बाहिरी डिजाइन र वारेन्टी कभरेज लगायत धेरै क्याटगोरीमा ग्राहकहरू माझ लगातार उत्कृष्ट प्रदर्शन गरेको छ । साथै होम अप्लाइन्सेसको विधामा एलजीले लगातार दुई वर्ष पहिलो स्थान हासिल गरेको छ ।

गत वर्ष ८१ स्कोर हासिल गर्ने एक मात्र उत्पादक रहेको एलजीले, यस वर्ष ८२ अंकको साथ गौरवपूर्ण स्याटिसफ्याक्सन इन्डेक्स हासिल गरेको छ । जुन एलजीको अघिल्लो उपलब्धिभन्दा एक अंकको वृद्धि हो । एलजीले आफ्नो भिजनलाई दिगो तथा वातावरण मैत्री प्रविधिसँग एकबद्ध गरेको छ । अमेरिकी ऊर्जा विभागले उत्पादकहरुलाई होम अप्लाइन्सेसमा पानी र ऊर्जा खपत घटाउनका लागि विभिन्न नियमहरू र मापदण्डहरू निर्माण गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved