अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै छ : अर्थमन्त्री महत

नेपालभ्युज

अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै छ : अर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले समग्रमा देशमा अनेकन् समस्याहरू रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे । उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिन थालेको बताए । उनले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरू एकजुट भएर लाग्नुपर्ने बताए ।

‘अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थिति छ । त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन । तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ, उनले भने, ‘हाम्रो अर्थतन्त्रमा सकारात्मक सुधारका पक्षहरू देखिएका छन् । त्यसका बाबजुद अप्ठ्यारा बाँकी छन् । त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ । अर्थ मन्त्रालय, सरकारले मात्रै गरेर समाधान हुँदैन । सबैले आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’

मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved