इजरायलमा मृत्यु भएकामध्ये ५ जना विद्यार्थीकाे शव प्राप्त : दूतावास

नेपालभ्युज

इजरायलमा  मृत्यु भएकामध्ये ५ जना विद्यार्थीकाे शव प्राप्त : दूतावास

काठमाडौं ।  हमासले इजरायलमा गरेकाे आक्रमणमा परि ज्यान गुमाएका १० मध्ये ५ जना विद्यार्थीकाे शव सरकारले प्राप्त गरेकाे छ । तेल अभिभमा रहेकाे नेपाली दूतावासले आइतबार  विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो । दूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएकामध्ये नारायणप्रसाद न्याैपाने, लाेकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चाैधरीकाे शव प्राप्त भएकाे छ ।

आक्रमणमा परि ज्यान गुमाएका अन्यकाे शव प्राप्त हुने क्रममा रहेकाे पनि दूतावासले जनाएकाे छ ।

यस्तै, सम्पर्कविहीन रहेका विपिन जाेशीकाे खाेजी भइरहेकाे विज्ञप्तिमा जनाइएको छ । आक्रमणमा परि घाइते भएका ४ मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका र २ जनाकाे उपचार भइरहेकाे  छ ।

गत हप्ता ‘सिडट निजेभ एग्रिकल्चर सेन्टर’ अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत रहेकै बेला हमासकाे आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved