ग्लोबल आईएमईका ग्राहकलाई बडादशैंमा हुने डिजिटल कारोबारमा छुट र क्यासब्याक

नेपालभ्युज

ग्लोबल आईएमईका ग्राहकलाई बडादशैंमा हुने डिजिटल कारोबारमा छुट र क्यासब्याक

काठमाडौं । ग्लोबल आईएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकले आफूलाई आवश्यक सरसामानहरू खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पिओस् मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखी रु. ५०० सम्मको नगद फिर्ता हुनेछ । यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक महानुभावहरूले योजना अवधिभर कम्तीमा रु. १००० को ३ वटा कारोबार गरेमा रु. ३०० तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गर्नुभएमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुनेछन् ।

यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कात्र्तिक ७ गते अर्थात बडादशैं (दशमी) को दिनसम्म लागू हुनेछ ।

साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरूलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरूले आफूलाई आवश्यक सरसमानहरू खरिद गर्दा क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोगगरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १०% वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउनुहुनेछ । यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात् बडा दशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved