बहराइनसँग पहिले बलिङ गरिरहेको नेपालको मध्यम प्रदर्शन

नेपालभ्युज

बहराइनसँग पहिले बलिङ गरिरहेको नेपालको मध्यम प्रदर्शन

काठमाडौं।  १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच खेल चलिरहेको छ । मलेसियाको बायोमास ओभल मैदानमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले मध्यम खालको बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म बहराइनले ३१ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ६१ रन बनाएको छ ।

आजको खेलमा जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो । नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved